

प्रत्येक दिन १० मिनेट सिँढीमा हिड्दा स्वस्थ हुन्छ मुटु

मानिसकाे व्यस्तता बढेकाे छ । व्यस्त जीवनशैलीका कारण खानपान र अारामकालागि पर्याप्त समय नभएको बेलामा एक्ससाइज गर्न नभ्याउनु स्वाभाविक हो ।व्यायाम, योग वा एक्सरसाइजकालागि समय निकाल्न मानिसले अल्छी गरिरहेका हुन्छ्न् ।
यसरी व्यायाम गर्न समय नभएको खण्डमा हामीले अफिस जाँदा, घर फर्कदा, वा सामान किन्न ठुला मलहरु जादाँ त्यहाँ भएका लिफ्टको सट्टामा सिँढी चढ्ने गर्दा पनि हाम्रो शरीरलाई फाइदा हुन्छ । किन भने, सिँढी चढ्नु भनेको पनि एक प्रकारको एक्सरसाइज हो । सुरुमा सिँढी चढ्दा थकाइ लग्नुका साथै श्वास पनि फुल्न सक्छ । तर, बिस्तारै सहने शक्ति आर्जन हुन्छ र हामीलाई सिँढी चढ्न सजिलो हुन्छ ।
कम्मरभन्दा तलका मांसपेशी र हड्डी तन्दुरुस्त राख्न चाहनेले पनि सिँढी चढ्दा उत्तम हुन्छ । सिँढी चड्दा क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङमा हुने गतिबिधिले गर्दा हाम्रो खुट्टाको हड्डी र मांसपेशीहरु मजबुत हुने गर्छन् । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर शरीरलाई ऊर्जा प्रदान गर्छ ।
सिँढी चढ्दा बढी मात्रामा क्यालोरी नष्ट हुन्छ र हामीले हाम्रो शरीरको तौल सिंढी चढेर मात्र पनि घटाउन सक्छौं । सिँढी चढ्दा हाम्रो शरीरको रगतमा चिनीको मात्रा कम हुन मद्दत गर्छ र कोलेस्टेरोल। उक्त रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्छ । त्यस्तै, दिनको १० मिनेट मात्र सिंढी चड्ने गर्दा स्वाससम्बन्धि रोग, स्वाँस्वाँ हुने र मुटुको विभिन्न समस्याहरुमा पनि सुधार ल्याउन सक्छ ।
सिँढी चढ्ने बानी बस्यो भने यसले हाम्रो दैनिक काम र रिसमा धैर्य राख्न सिकाउछ । प्रत्येक दिन १० मिनेटसम्म सिँढीमा तल–माथि गर्दा हाम्रो मुटु स्वस्थ हुनुका साथै शरीरमा स्टामिना बढ्छ, र हाम्रो शरीरको अनावश्यक तौल घट्नुका साथै शरीरमा उर्जा प्रदान गर्न मद्दत गर्छ । सिँढी चड्दा फाइदा गर्छ भन्दैमा पहिलो दिन नै लामो समय सिँढी चढ्ने प्रयास गर्नु हुदैन् । यदि घुँडा वा खुट्टा दुख्ने समस्या छ भने सिँढी चढ्नु हुँदैन् । स्वस्थ मानिसले ५ देखि १० मिनेटसम्म सिँढीमा तल–माथि गर्ने गरे मुटुलाइ स्वस्थ राख्न सहज हुन्छ ।
June 25, 2019 1:08 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

