कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ
8 months अगाडी
manoj Thapa
कुवेत – परराष्ट्र मन्त्रालयबाट सरुवा भई कुवेतस्थित नेपाली दूतावासमा शिव बानियाले द्वितीय सचिवको रुपमा कार्यभार ग्रहण गरेका छन्।
दूतावासमा केही समयदेखि द्वितीय सचिवको पद खाली रहेकामा हालै मात्र बानियाको आगमनसँगै सेवा अझ प्रभावकारी, चुस्त–दुरुस्त र परिणाममुखी हुने अपेक्षा गरिएको छ।
करीब १६ महिना परराष्ट्र मन्त्रालयमै सेवा गरेका अनुभवसहित बानिया १० दिन अघि कुवेत आइपुगेका हुन्। हालैदेखि उनले यहाँ औपचारिक रुपमा सेवा प्रारम्भ गरेका छन्।
दूतावासमा सेवा विस्तार र नेपाली समुदायलाई सहज सुविधा उपलब्ध गराउन बानियाको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ।
September 8, 2025 8:42 am | सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...