सैफ अली खानकी सासू, जसलाई देखेर खाली हुन्थ्योे बस्ती, भाग्थे पुरुष
मुम्बई। १९७५ देखि लिएर १९७७ भारतका संकटकाल लागेको थियो। र त्यो बेला भारतमा परिवार नियोजन शिविर पनि चलाइएको थियो। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा संजय गान्धीले रुखसानालाई पुरानो दिल्लीका मुसलमानको परिवार नियोजन गर्न मनाउने जिम्मा दिइएको थियो।संकटकालका क्रममा संजय गान्धीद्वारा चलाइएको परिवार नियोजन शिविरको प्रमुख हिस्सा थिइन् सुल्ताना। परिवार नियोजनको काम निकै दर्दनाक तरिकाबाट चलाइएको थियो र रुखसानालाई देख्ने वित्तिकै मानिसहरु डराउँथे। संजय गान्धी परिवा नियोजनका क्षेत्रमा काम गर्न चाहन्थे, त्यसै भएर उनले परिवार नियोजन अभियान चलाएका थिए।
संजय गान्धीको मान्यता के थियो भने कुनै पनि देशको तेजीले बढिरहेको जनसंख्यालाई रोक्न सके त्यो मुलुकले चाँडै विकास गर्छ। त्यतिबेला जसरी परिवार नियोजन अभियान संचालन गरिएको थियो, त्यतिबेला पुरानो दिल्लीमा यो विषयलाई लिएर त्यति धेरै जागरुकता थिएन।मानिसहरुबीच डर र त्रास फैफिएको थियो। ६० वर्षका वृद्धदेखि १९ वर्षका युवकसम्मलाई समाएर परिवार नियोजन गराइन्थ्यो। कतिसम्म भने भर्खर विवाह भएका युवालाई पनि परिवार नियोजन गरिन्थ्यो। त्यहाँमा मानिस रुखसाना सुल्तानालाई देखेर डराउँथे। संकटकालपछि भारतीय जनता पार्टीको सरकार आयो, त्यसपछि रुखसाना चर्चाबाट टाढा भइन्। त्यसपछि उनको विषयमा धेरै कुरा सन्न पाइएन। रुखसानाले शविंदर सिंह विवाह गरेकी थिइन्। जो खुशवन्त सिंहका भजिता हुन्। बलिउड अभिनेत्री अमृता सिंह रुखसाना र शविंदरकी छोरी हुन्।
संकटकालपछि रुखसाना त्यतिबेला चर्चामा आइत् जतिबेला १९८३ मा उनकी छोरी अमृता सिंहको पहिलो फिल्म बेताब रिलीज भएको यिो। अमृतिा सिंह ८० दशकमा बलिउडकी चर्चित अभिनेत्री हुन्। उनको अफेयर अभिनेता विनोद खन्नासँग थियो। जब अमृताकी आमा रुखसानालाई यो कुरा थाहा पाइन् तब दुवैलाई अलग गर्ने निर्णय गरिन्।रुखसानाले आफ्नी छोरीलाई विनोद खन्नासँग अलग गर्नकालागि आफ्नो शक्तिको प्रयोग गरेकी थिइन्। रुखसाना विनोद खन्ना र अमृता सिंहलाई अलग पार्न सफल पनि भइन्।विनोद खन्नासँग अलत भएपछि अमृता सिंह विक्षिप्त जस्तै बनिन्। त्यसपछि उनको भेट आफूभन्दा १२ वर्ष कान्छा सैफअली आनसँग भयो। उनीहरुबीच अफेयर चल्यो र १९९१ मा उनीहरुले विवाह पनि गरे। २००४ मा उनीहरुबीच सम्बन्ध विच्छेद पनि भयो।
June 25, 2019 2:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।