चिनियाँ राजदूतलाई ऊर्जामन्त्रीको प्रश्न : चिनियाँ कम्पनीले अरु देशमा राम्रो काम गर्ने, हाम्रोमा किन ढिलाइ ?
काठमाण्डौ – ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । भेटमा मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले सरकारले जलविद्युतका लागि भारत र बंगलादेशमा बजारका लागि पहल जारी राखेको जानकारीसमेत दिनुभयो ।
‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र वजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ’, मन्त्री पुनले भन्नुभयो । चिनियाँ लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याहरुको बारेमा जानकारी दिँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताउनुभयो ।
मन्त्री पुनले राजदूतसँगको भेटमा भन्नुभयो, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन्, समस्या के हो जस्का कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।’जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसाको समस्या, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेकोले समस्या समाधान गरिदिन आग्रह गर्नुभयो ।
उहाँले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नका लागि समन्वय गरिदिन आग्रह गर्नुभयो । मन्त्री पुनले दूधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै त्यस आयोजाना सम्पन्न गर्नका लागि थप २ खर्ब अपुग भएकोले चिनियाँ सहयोगका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि चीनले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारीसमेत दिनुभयो । राजदूत यान्छीले भन्नुभयो, ‘चीन नेपालको साँच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ ।’मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै देशको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।
June 25, 2019 2:42 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार