कुवेतमा एक नेपलीको हृदयघातका कारण निधन
कुवेत। आज बिहान कुवेतमा एक जना नेपालीको हृदयघातका कारण निधन भएको छ। Al Wafra Ready Mix कम्पनिमा झन्डै ९ महिनदेखी कार्यरत ज्ञानबहादुर न्याइच्याइका छोरा ४५ बर्षिय बिक्रम न्याइच्याइ (श्रेष्ठ) को निधन भएको रुम पार्टनर बहादुर मोक्तानले जानकारी दिएका छन। मृतक बिक्रम न्याइच्याइ भक्तपुर नगरपालिका वडा नं ८ निवासी हुन।
आज बिहान ड्युटी जानको लागि गाडी लिन लाग्दा आफुलाइ छाती दुखेकोले काम गर्न नसक्ने उनका साथीलाई बताएपछी भाषिक समस्याका कारण आफू अस्वस्थ रहेको र आज काम गर्न नसक्ने कम्पनिका सुपर्भाइजरलाइ भनिदिन आग्राह गरेपछि साथिले सुपरभाइजरकहाँ लिएर जाँदा सुपरभाइजरको कार्यलयको ढोकामा नै बेहोस भएको र तत्काल फर्वानिया हस्पिटल लगिएको मोक्तानले बताए। तर बिडम्बना हस्पिटल पुर्याउँदा डाक्टरले मृत घोषणा गरिदिए। जानकारिको क्रममा मोक्तानले भने “बिहान ४:४५ मा बेहोस भएको थियो। हामिले हत्तार हत्तार हस्पिटल पुर्यायौँ। झन्डै १५ मिनेटमा करिव ५:०० डाक्टरले उनको मृत्यु घोषणा गरिदिए। अहिले फर्वानिया हस्पिटलमा नै छ। उनको मोबाइल, वालेट र नेपाली नागरिक्ता, ड्राइभिङ लाइसेन्स र उनको वालेटमा भएको रकम नर्सले मलाइ जिम्मा दिएको छ।”
यस बिसयमा नेपाली दूतावासको हटलाइनमा सम्पर्क गरि जानकारी गराइएको छ।
आर डि क्रीएशन बाट साभार
June 26, 2019 1:29 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी