 
						 
अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ, तत्काल स्पष्टिकरण माग
 
 अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ ।अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको छ । उनी प्योंगयांगमा बसिरहेको पनि जानकारीमा उल्लेख छ ।अष्ट्रेलियाको विदेश मामला एवं व्यापार विभागले गोपनियताका कारण उनीबारे त्यति जानकारी उपलब्ध गराएको छैन ।
अष्ट्रेलियाले पक्राउ परेको भनिएका विद्यार्थीका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएको छ ।‘विभागले तत्काल स्पष्टिकरणको माग गरेको छ,’ बिहिबार प्रकाशित एक वक्तव्यमा बताइएको छ ।ती विद्यार्थीलाई किन पक्राउ गरियो भनेर स्पष्ट जानकारी उपलब्ध छैन ।सिग्ले उत्तर कोरियाको राजधानीस्थित किम क्ष्क्ष्–संग युनिभर्सिटीमा कोरियन साहित्यमा स्नातकोत्तर गरिरहेका थिए । उनले उत्तर कोरिया भ्रमण गर्न चाहने विदेशीका लागि टुर पनि चलाउँछन् ।
द गार्डियनमा मार्चमा प्रकाशित एक लेखमा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक्ला अष्ट्रेलियाली नागरिक बताएका थिए ।उनले कसैको सहयोग बिना उत्तर कोरियाली शहरमा घुम्न सक्ने बताएका थिए ।यो हप्ताको सुरुवातमा उनका साथीले उनी हराइरहेको जानकारी दिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पले बताएको छ । उत्तर कोरियामा अष्ट्रेलियाको कुनै दूतावास छैन ।
June 27, 2019 11:21 am | टप 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
