अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ, तत्काल स्पष्टिकरण माग
अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ ।अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको छ । उनी प्योंगयांगमा बसिरहेको पनि जानकारीमा उल्लेख छ ।अष्ट्रेलियाको विदेश मामला एवं व्यापार विभागले गोपनियताका कारण उनीबारे त्यति जानकारी उपलब्ध गराएको छैन ।
अष्ट्रेलियाले पक्राउ परेको भनिएका विद्यार्थीका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएको छ ।‘विभागले तत्काल स्पष्टिकरणको माग गरेको छ,’ बिहिबार प्रकाशित एक वक्तव्यमा बताइएको छ ।ती विद्यार्थीलाई किन पक्राउ गरियो भनेर स्पष्ट जानकारी उपलब्ध छैन ।सिग्ले उत्तर कोरियाको राजधानीस्थित किम क्ष्क्ष्–संग युनिभर्सिटीमा कोरियन साहित्यमा स्नातकोत्तर गरिरहेका थिए । उनले उत्तर कोरिया भ्रमण गर्न चाहने विदेशीका लागि टुर पनि चलाउँछन् ।
द गार्डियनमा मार्चमा प्रकाशित एक लेखमा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक्ला अष्ट्रेलियाली नागरिक बताएका थिए ।उनले कसैको सहयोग बिना उत्तर कोरियाली शहरमा घुम्न सक्ने बताएका थिए ।यो हप्ताको सुरुवातमा उनका साथीले उनी हराइरहेको जानकारी दिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पले बताएको छ । उत्तर कोरियामा अष्ट्रेलियाको कुनै दूतावास छैन ।
June 27, 2019 11:21 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड