 
						 
कानूनको नजरमा सबै नागरिक समानः महानिरीक्षक खनाल
 
 काठमाडौं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरीको हेराइमा सबै नागरिक समान रहेको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा उहाँले कानूनको नजरमा सबै नागरिक बराबर भएको बताएका हुन्
महानिरीक्षक खनालले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका सुरक्षामा स्कुललेसमेत सामान्य नियम बनाइ लागू गर्नुपर्ने बताए ।
प्रहरी सबै नागरिकको साझा सङ्गठन हो भन्ने भावना जागृत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वर, हिमरश्मी हाइस्कुल बालाजु, जोसेफ हाइस्कुल कपन, काभ्या स्कुल बानेश्वर, नन्दी स्कुल नारायणचौर नक्साल, श्री शान्ति विद्यागृह लैनचौर, युलैन्स स्कुल खुमलटार र सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो ।
June 27, 2019 11:25 am | टप 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
