

फ्राइडे रिलिज : आजदेखि ‘आप्पा’ र ’कीर्तिपुर’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत दुई ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनमा आएका चलचित्र हुन् ‘आप्पा’ र ’कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ।बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यू चलचित्र हो । अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पूर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा भएको बताएका छन् । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ । यो चलचित्र बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित रहेर निर्माण गरिएको हो ।प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’मा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनिराज लावत, सुशिल राजोपाध्याय, सञ्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई विरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्गी र के.के मानन्धरको संवाद, पटकथा, शंकर महर्जन र नवीन जोशीको छायांकन रहेको छ ।
June 28, 2019 11:15 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

