फ्राइडे रिलिज : आजदेखि ‘आप्पा’ र ’कीर्तिपुर’ प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत दुई ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनमा आएका चलचित्र हुन् ‘आप्पा’ र ’कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ।बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यू चलचित्र हो । अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पूर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा भएको बताएका छन् । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ । यो चलचित्र बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित रहेर निर्माण गरिएको हो ।प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’मा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनिराज लावत, सुशिल राजोपाध्याय, सञ्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई विरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्गी र के.के मानन्धरको संवाद, पटकथा, शंकर महर्जन र नवीन जोशीको छायांकन रहेको छ ।
June 28, 2019 11:15 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।