नायिका करिश्मा मान्नधरका लागि छोरी कविताको यस्तो भावुक स्टाटस
काठमाडौ। नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो नम्बर सहित उत्तिर्ण भएपछि छोरी कविता मानन्धरले भावुक स्टाटस् लेखेकी छिन् । हिजो सार्वजनिक भएको एसईई परीक्षाको रिजल्टमा नायिका करिश्मा मानन्धर राम्रो ग्रेडमा उत्तिर्ण भएकी हुन् । उनले एसईई परीक्षाको लागी निकै नै मिहिनेत गरेकी थिइन् । उनले गरेको मिहेनतको फलस्वरूप राम्रो नतिजा पनि हात पारेकी छिन् । उनले एसईई परीक्षामा ‘बी प्लस’ ल्याएकी छिन् ।
करिश्माले राम्रो अङ्क ल्याउँदै उत्तिर्ण भएपछि प्रत्यक्ष अपत्यक्ष रूपमा बधाई दिनेहरूको ओइरो नै लागेको छ । नायिका करिश्मा एकदमै खुसी समेत भएकी छिन् । कलाकारदेखि ठूला ठूला व्यक्तिले उनलाई बधाई दिइरहेका छन् । यस्तै उनकी छोरी कबिता मानन्धरले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै उनलाई बधाई दिएकी छिन् ।
आमाको यो सफलतामा कबिता पनि निकै खुसी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’ करिश्मालाई एसईई परीक्षाको समयमा उनकी छोरीले पनि निकै साथ दिएकी थिइन् । करिश्मालाई खुसी देखेर उनका सम्पूर्ण समर्थक निकै खुसी भएका छन् । अब करिश्माले म्यानेजमेन्ट लिएर पढ्ने बताएकी छिन् ।
June 30, 2019 1:59 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :