नायिका करिश्मा मान्नधरका लागि छोरी कविताको यस्तो भावुक स्टाटस
काठमाडौ। नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो नम्बर सहित उत्तिर्ण भएपछि छोरी कविता मानन्धरले भावुक स्टाटस् लेखेकी छिन् । हिजो सार्वजनिक भएको एसईई परीक्षाको रिजल्टमा नायिका करिश्मा मानन्धर राम्रो ग्रेडमा उत्तिर्ण भएकी हुन् । उनले एसईई परीक्षाको लागी निकै नै मिहिनेत गरेकी थिइन् । उनले गरेको मिहेनतको फलस्वरूप राम्रो नतिजा पनि हात पारेकी छिन् । उनले एसईई परीक्षामा ‘बी प्लस’ ल्याएकी छिन् ।
करिश्माले राम्रो अङ्क ल्याउँदै उत्तिर्ण भएपछि प्रत्यक्ष अपत्यक्ष रूपमा बधाई दिनेहरूको ओइरो नै लागेको छ । नायिका करिश्मा एकदमै खुसी समेत भएकी छिन् । कलाकारदेखि ठूला ठूला व्यक्तिले उनलाई बधाई दिइरहेका छन् । यस्तै उनकी छोरी कबिता मानन्धरले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै उनलाई बधाई दिएकी छिन् ।
आमाको यो सफलतामा कबिता पनि निकै खुसी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’ करिश्मालाई एसईई परीक्षाको समयमा उनकी छोरीले पनि निकै साथ दिएकी थिइन् । करिश्मालाई खुसी देखेर उनका सम्पूर्ण समर्थक निकै खुसी भएका छन् । अब करिश्माले म्यानेजमेन्ट लिएर पढ्ने बताएकी छिन् ।
June 30, 2019 1:59 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।