सुदुरपश्चिमेली नेपाली समाज द्वारा बाजुराका मृगौला पिडित बोहोरा लाई आर्थिक सहयोग ..
मान ब. बलायर-
कुवेत – सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा मृगौला पिडित धन ब. बोहरा लाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घर बाट बिदेश जानको लागि काठमण्डौ आएका बोहोरा एकाएक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए ।
विभिन्न शारिरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि वीर अस्पतालको एक सय ५९ नम्बर वेडमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोशादमा रहेका छन्। उनका भाई नरेन्द्रले दुई महिना अघि विर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुदा समस्या भएको बताए। तर आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको अपिल गरिएका छन।
सहयोगको लागि विभिन्न मिडिया र समाजिक संञ्जालमा अपिल गरेको थाहा पाएपछि सुदुरपस्चिमेली नेपाली बासीको एकता र समृद्ध सुप समाज को परिकल्पनाका अभियन्ता”कर्मठ “इमान्दार “युवा समाज सेवी श्री भिम रावतको नेतृत्वमा संस्थाको आन्तरिक रुपमा उक्त रकम संकलन गरि सहयोग गरिएको महासचिब मान ब.बलायरले जानकारी दिनुभएको छ। महासचिब बलायरले भन्नु भयो मृगौला पिडित धन ब.बोहोरा बारे बरिष्ठ-उपाध्यक्ष भिम रावतले संस्थाको आन्तरिक ग्रुपमा जानकारी गराउनु भयो।महा सचिब भन्नु हुन्छ ” बरिष्ठ-उपध्यक्ष रावतले कुनै पनि कार्य गर्दा उहाँ आफै बाट शुरुवात गर्नु हुन्छ ।उक्त रकम मध्य बरिष्ठ-उपध्यक्ष रावतले स्वयम् १०हजार नेपाली सहयोग बोल्नु भएको थियो भने बाकि संकलित रकम संस्थाका पदाधिकारी बाट संकलन गरि आज संस्थाका अध्यक्ष श्री अमर खड्का र बरिष्ठ उपाध्यक्ष रावतको परिवार द्वारा हस्तान्तरण गरिएको हो।उक्त रकम सहयोग गरि सकेपछि पिडित धन ब.बोहोरा र भाइ इन्द्र बोहोराले सहयोगी संस्था र सबै सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ।
सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना काल देखि विभिन्न मानवि र सामाजिक कार्यमा गर्दै आएको छ।यश संस्थामा आबध्द हुन कुवेत वासी सुदुरपश्चिमेली हरुलाई अनुरोध गर्दछौ।महासचिब बलायरले जानकारि दिनु भए अनुसार आगामि सेप्टेम्बर २० तारिक शुक्रबारका दिन नेपालबाट कलाकार नेपाल आइडल सिजन टु का रवि ओड मोडल तथा पप गायक चक्र बम को बेजोड प्रस्तुतिका साथ सुदुर सांगितिक धमाका २०१९ सभ्य र भब्यताका सम्पन्न गर्नु पर्ने भएकाले तयारी भइरहेको संरक्षक राजन बम र बिकास सिंहले जानकारी गराउनु भएको छ। साथै यश कार्यक्रम लाई सफल पार्न कुवेत वासी नेपाली हरु”संघसंस्था”पत्रकार “खेलाडी नेपाली दुतावस लगायत सबै कुवेतवासी नेपालीहरुमा उक्त दिन गरिमय उपस्थितिको लागि हार्दिक बिनम्र अनुरोध गरेको छ।