Monday 9th February 2026

दर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग

7 years अगाडी

कुवेत – दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी पाय पछी उपचारको लागी आर्थिक सहयोग गरेको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् ।

उक्त सहयोग रकम सँस्थाकी सदस्य कविता शाहीले उपचार गराई राखेको अस्पताल मै गत आइतबार पिडित सिंह लाई हस्तान्तरण गरीयको हमालले बताए ।

श्रोतका अनुसार २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका र उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन ।पिडितले सहयोग को लागी सबैलाई अनुरोध गरेका छन्।उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न।

कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपाली लाई सक्दो सहयोग गर्दै आयको छ ।

          July 1, 2019 7:03 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...