सरकारी दमन नरोकिए जे पनि हुनसक्ने भन्दै नतिजाको लागि तयार वस्न चेतावनी
काठमाडौं । हिजो बिहानै देखि संखुवासभामा तनाव सुरु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकार तीब्र दमनमा लागेको भन्दै शक्तिशाली प्रतिरोध गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति निकालेर प्रवक्ता प्रकाण्डले देशैभर ओली सरकारले राज्य आ*तंक मच्चाएको भन्दै पार्टीमाथिको दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका हुन ।
संखुवासभा जिल्लामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि प्रहरीले तीब्र दमन गरेको भन्दै दमन नरोके प्रतिकार सुरु गर्ने प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार प्रहरी र विप्लव पार्टीका कार्यकर्ता्बिच दोहोरो गो*ली हानाहान भएपछि सरकारले दुईवटा हेलिकप्टर मार्फत ५० भन्दा बढी प्रहरी परिचालन गरेपछि पार्टीले यस्तो प्रतिकृया दिएको हो ।
शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र द*मन गरेको भन्दै नेकपाले घटनाको निन्दा र भर्त्सना पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । ’ दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदैँ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही ओली–बादल सरकार हुनेछ ।’ अहिले त्यस क्षेत्रका जनतामा एक प्रकारको डर देखिएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड