 
						 
सरकारी दमन नरोकिए जे पनि हुनसक्ने भन्दै नतिजाको लागि तयार वस्न चेतावनी
 
 काठमाडौं । हिजो बिहानै देखि संखुवासभामा तनाव सुरु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकार तीब्र दमनमा लागेको भन्दै शक्तिशाली प्रतिरोध गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति निकालेर प्रवक्ता प्रकाण्डले देशैभर ओली सरकारले राज्य आ*तंक मच्चाएको भन्दै पार्टीमाथिको दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका हुन ।
संखुवासभा जिल्लामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि प्रहरीले तीब्र दमन गरेको भन्दै दमन नरोके प्रतिकार सुरु गर्ने प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार प्रहरी र विप्लव पार्टीका कार्यकर्ता्बिच दोहोरो गो*ली हानाहान भएपछि सरकारले दुईवटा हेलिकप्टर मार्फत ५० भन्दा बढी प्रहरी परिचालन गरेपछि पार्टीले यस्तो प्रतिकृया दिएको हो ।
शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र द*मन गरेको भन्दै नेकपाले घटनाको निन्दा र भर्त्सना पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । ’ दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदैँ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही ओली–बादल सरकार हुनेछ ।’ अहिले त्यस क्षेत्रका जनतामा एक प्रकारको डर देखिएको छ ।

 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
