यीनी हुन् ‘प्रेम गीत ३’ मा प्रदिपकी हिरोइन, हेुर्नहोस् क्रिस्टिनासँगको पहिलो अन्तर्वार्ता
काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३‘ को ‘गीत’को भूमिका लागि अभिनेत्रीको छनोट कार्य समाप्त भएको छ । आइतबार ‘गीत’को भूमिकाका लागि निर्माण टिमले क्रिस्टिना गुरुङ खड्कालाई अनुबन्धित गरेको हो । क्रिस्टिना अमेरिकामा बस्दै आएकी छिन् ।उनी चलचित्रको अडिसनका लागि नेपाल आएकी थिइन् । निर्माण टिमले यस चलचित्रको ‘गीत’को भूमिकाका लागि अडिसन आह्वान गरेको थियो । जसमा २७ सय भन्दा बढीले आवेदन दिएका थिए ।
निर्माण टिमले अडिसनबाट उत्कृष्ट २५ छनोट गर्दै आइतबार ‘गीत’ क्यारेक्टरका लागि क्रिस्टिनालाई फाइनल घोषणा गरेको हो । केही म्यूजिक भिडियोमा अभिनयसमेत गरिसकेकी उनी अमेरिकाको बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक पढ्दैछिन् ।यस चलचित्रलाई छेतेन गुरुङ र निर्मातासमेत रहेका सन्तोष सेनले निर्देशन गर्दैछन् । चलचित्रमा कथासमेत निर्देशकद्वयको नै रहेको छ । चलचित्रमा प्रदिप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र चैत २८ मा रिलिज हुनेछ । यस अघि यस चलचित्रका दुईवटा सिक्वेल हिट भैसकेका छन् ।हेर्नुहोस् उनी सेलेक्ट भएपछिको पहिलोे अन्तर्वार्ता
July 2, 2019 2:52 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :