रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए
रसुवा – रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो २०१९ जनवरीदेखि जुन मसान्तसम्मको तथ्याङ्क हो । ६ महिनामा १३ हजार ७० पर्यटक नेपाल आएका छन् । जसमा जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क छ ।
पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ तथा अन्य देशका पर्यटक भित्रने तथा बाहिरिने क्रम बढेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका थिए् ।
सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटकले ओगटेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनुभयो । ‘यो नाकाबाट ५५ देशका पर्यटक आएका छन्, उहाँले भन्नुभयो, तीमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक छन् ।’
July 3, 2019 10:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी