Saturday 2nd May 2026

संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डकाे अचानक निधन

7 years अगाडी

मुम्बई। बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशाला दत्तले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेण्डको अचानक मृत्यु भएको जानकारी दिएकी छन्। इटालियन मुलका उनका ब्वाइफ्रेण्डका बारेमा धेरै जानकारी प्राप्त भएको छैन। तर, उनको निधन ३ जुलाईमा भएको बताइएको छ। ब्वाइफ्रेण्डको अचानक निधनले त्रिशाला शोकमा डुबेकी छन्। उनले समाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो ब्वाइफ्रेण्डप्रति श्रद्धान्जलि दिएकी छन्।

त्रिशालाले लेखेकी छन्–मेरो मन तोडिएको छ। मलाइ माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो हेरचाह गरेकोमा धेरै धरै धन्यवाद। तिमीले मेरो जीवनमा यति धेरै खुशी बनायौ, त्यति खुशी म कहिल्यै भएकी थिइन। तिमीसँग भेट भएपछि म संसारकै सबैभन्दा खुशी युवती बनेकी थिएँ। तिमी सधैं मेरो मनभित्र जिवितै रहन्छौ। म तिमीलाई सधैं माया गर्छु। म सधैं तिमीलाई सम्झिरहने छु।’ त्रिशाला संजय दत्त र उनकी पहिली श्रीमती ऋचा शर्माकी छोरी हुन्। उनी न्युयोर्कमा जन जे कलेज अफ क्रिमिनलबाट कानुनमा ग्रयाजुएशन हुन्। पछिल्लो समय त्रिशाला फेशन उद्योगमा आफ्नो करियर बनाउँदै छिन्।

          July 5, 2019 10:40 am | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...