सुडान घोटाला काण्डका मुख्य दोषि पूर्व प्रहरी महानिरीक्षक ठकुरीले गरे आत्मसमर्पण
काठमाडौं । नेपालका चर्चित भ्रष्ट्राचार काण्डहरुमध्यको एक सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गरेका छन् । ठकुरी आफै अदालतमा उपस्थित भएको र थुनामा नराखीकनै मुद्दाको पुनरावलोकन गर्ने मागसहितको निवेदन दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो ।
चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो । यस्तै पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई पनि सर्वोच्चले दोषी ठहर गरेको थियो । सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको थियो । उक्त रकम पूर्व आइजिपी रमेश ठकुरीको कार्यकालमा भुक्तानी भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा ३४ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।
July 5, 2019 11:42 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी