 
						 
१५ दिनभित्र पासाङ ल्हामु राजमार्गमा चल्ने गाडीमा पानी , टिभी, पंखा र वाइफाई !
 
 रसुवा – पासाङ ल्हामु राजमार्गको रसुवाखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातको समस्याको समाधान गर्नका लागि यातायात व्यवसायी र विद्यार्थी संगठनबीच सहमति भएको छ रसुवाखण्डमा सञ्चालन हुने पुराना गाडी हटाउने, भाडाको पुनरावलोकन गर्ने, आरक्षणको व्यवस्थापन गर्ने, सबै सवारी साधन दर्ता प्रक्रियामा लैजाने र अतिरिक्त सेवा शुल्कबापत रकम लिएअनुसार सेवालाई प्रभावकारी बनाउने सहमति भएको हो ।
जिल्लामा सञ्चालित सार्वजनिक यातायातको साधनको विषयमा विद्यार्थी संगठनले आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बैठक राखेको हो । यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि व्यवसायी र विद्यार्थी संगठनले सहमति गरेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।विद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ तथा यातायात व्यवसायीको तर्फबाट टिमुरे यातायात, पासाङ ल्हामु यातायात र मिनि गोसाईकुण्डका व्यवसायीबीच छलफल भएको थियो ।
सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा शुल्क लिँदै आएकोमा यसको व्यवस्थापनको लागि १५ दिनको समय सीमा तोकिएको अनेरास्ववियू (क्रान्तिकारी) रसुवाका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो । व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधाबापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसीलगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने छ । असार २८ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम स्थगित गरिएको नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष सन्दीप पौडेलले जानकारी दिनुभयो ।
July 6, 2019 10:24 am | टप 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
