Thursday 26th February 2026

सोनिकाको लिक्इड लाउन्चमा पुगे शिशिर भण्डारी हेर्नुहोस् तस्वीर

7 years अगाडी

काठमाडौ । अहिले शिशिर भण्डारीको नाम धेरैको मुखमा झुण्डेको नाम हो । भण्डारी कलाकारितामा पनी एक महत्वपुर्ण नाम हो । उनी पछिल्लो समय समाजसेवीका रुपमा पनी चर्चामा रहेका छन् । यस्तै, पछिल्लो पुस्ताकाबीच एक सफल उदाहारणको रुपमा देखिन सफल चर्चित मोडल सोनिका रोकाया अहिले व्यवसायमा व्यस्त छिन् । उनले लामो समय देखि काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च सञ्चालन गर्दै आएकी छिन् ।

हरेक साँझ अत्यन्तै व्यस्त रहने यहाँको माहोल खुबै रमणीय हुने गर्दछ । शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि यो त एक छुट्टै संसार हो । हिजो साँझ लिक्इड लाउन्चमा पछिल्लो समयमा सबैका बीच चर्चित कलाकार भण्डारी पुग्दा त्यहाँको दृश्य केही फरक देखिएको थियो  कलाकारिता, सञ्चारकर्मी, युट्यबर लगायत धेरै क्षेत्रमा सफलता पाएका भण्डारी त्यहाँ आफ्ना साथिहरुसँग खुःशी साट्नको लागि त्यहाँ आएका हुन् ।

उनले हालै बजारमा ल्याएको हाम्रो माया जिन्दावाद गीतले छोटो समयमा ३० लाख भन्दा धेरै दर्शक पाएको खुःशीमा भण्डारी यहाँ आएका थिए । सोनीकाको लाउन्चमा हरेक क्षेत्रका मानिसहरुको सहभागिता रहने गर्दछ तर विशेष गरेर कलाकारहरुको धेरै बाहुल्यता रहेको छ । लोकेशनका हिसाबले पनि सेन्टर पर्ने भएको हुँदा साथिभाई बसेर रमाइलो गर्ने देखि लिएर चलचित्र, गीत भिडियोहरुको विज्ञापनका लागि पनि यो उपयुक्त ठाउ भएको छ ।

          July 6, 2019 11:22 am | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...