

पर्साको तेल उद्योगमा लागेको भीषण आगो नियन्त्रण भन्दा बाहिर ! ९० सुरक्षाकर्मी परिचालन

काठमाडौं । बिहानै देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । वीरगन्ज महानगरपालिका–२१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आग*लागी भएको हो । शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आएको छैन । उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको गरी पाँच वटा वारुण यन्त्रले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आगो निभाउनका लागि नेपाल प्रहरीका ५२ जना, सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन गरिएको छ । विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । आगो उद्योग बाहिर पनि फैलनसक्ने जोखिम भएकाले उद्योग आसपास घर भएका स्थानयीलाई सतर्क रहन आह्वान गरिएको छ ।
July 6, 2019 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

