आफ्नो प्रेमीको अचानक मृत्यु भएपछि संजय दत्तकी छोरीले लेखिन् भावुक स्टाटस !
बलिउडका सञ्जु बाबा भनेर चिनिने संजय दत्तकी छोरी त्रिशाला दत्तको प्रेमीको मंगलबार अचानक मृत्यु भएको छ । इटालियन प्रेमीको मृत्युबारे त्रिशाला आफैंले आफ्नो इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनले निकै दुःखी भएर सोसल मिडियामा प्रेमीसँगको फोटो पोष्ट गर्दै स्टेटस लेखेकी छिन् ।
उनले बिहिबार लेखेकी छिन्, ‘म भित्रैदेखि टुटेकी छु । मलाई प्रेम र केयर गरेकोमा तिमीलाई धन्यवाद । तिमीले मलाई जीवनमा यति धेरै खुसी दियौ जुन म कहिले पनि भइनँ । तिमीलाई भेटेर म संसारको सबैभन्दा भाग्यमानी युवती बनेँ र तिम्रो बन्न पाउँदा म धन्य भएँ । तिमी मभित्र सधैं जिउँदो रहनेछौ । म तिमीलाई प्रेम गर्छु र अर्कोपटक भेट नहुञ्नजेलसम्म तिमीलाई मिस गरिरहनेछु ।’
सन् १९८६ अक्टोबर ७ मा जन्मेका उनको प्रेमीको कसरी मृत्यु भयो त्यो भने त्रिशालाले लेखेकी छैनन् । उनले लेखेकी छिन्, ‘म तिमीलाई हिजोको भन्दा आज बढी माया गर्छु तर सायद भोलि गर्नेजति गर्दिनँ ।’ यसअघि यो जोडी त्यतिबेला चर्चामा आएको थियो जब त्रिशालाले आफ्ना प्रेमीबारे केही पोष्ट सोसल मिडियामा सेयर गरेकी थिइन् । यी पोष्टमा उनले प्रेमीको नाम उल्लेख गरेकी छैनन् तर उनी एक इटालियन नागरिकलाई डेट गरिरहेको भने जानकारी दिएकी थिइन् ।
July 6, 2019 1:03 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार