एसीसी यू–१९ इस्टर्न रिजन जितेको नेपाली टोली आज स्वदेश फर्कँदै
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली टोली बुधबार स्वदेश फिर्ता हुने भएको छ । तर नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् ।
सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् । पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि मंगलबार अभ्यासका लागि मलेसिया पुगेको छ । त्यहाँ नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल्ने र २० तारिखमा मात्रै सिंगापुर जाने तयारी गरेको छ ।
यू १९ एसिया कपमा छनोट भएको नेपाली टिमका बाँकी सदस्यहरु आज राति नेपाल आइपुग्ने छन् । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाली युव टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू–१९ क्रिकेटमा स्थान पक्का गरेको छ ।
July 10, 2019 10:08 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड