एसईई उत्तिर्णपछि नायिका करिश्मालेपनि बाबुराम छोड्ने, नेकपा प्रवेशको तयारी
काठमाडौ । राजनीतिमा लागेर नायिका करिश्मा मानन्धरले फिल्ममा झै निकै दुःख र संघर्ष त गरिनन् । तरपनि राजनीतिमा पुगेर चर्चाकी पात्र भने बनिन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा उनले राम्रै स्थान पाईरहेकी छिन् । तर उनलाई अहिले आफ्नो भूमिका अनुसार पार्टीले मूल्याङकन गरेन भन्ने बुझाई छ । फिल्म क्षेत्रमा जस्तो उनले राजनीतिमा सफलता यही कारण नपाएको उनको आरोप
छ ।
डा बाबुराम भट्टराईले पार्टीलाई नेतृत्व दिन सकेनन् बरु समाजवादी फोरमसँग लगेर पार्टी एकीकरण गराए । नयाँ शक्ति पार्टीमा बगाएको करिश्माको पसिना खेर गयो तर, उनी निराश भएकी छैनन् । अझै राजनीतिमा सक्रिय हुने उनको चाहना छ । हालै एसइइ उत्तिर्ण गरेकी उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारीमा छिन् ।
स्रोतका अनुसार नेकपा प्रवेशका लागि उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरिसकेकी छिन् । जिम्मेवारीसहित आफूलाई पार्टीमा प्रवेशका लागि उनले आग्रह गरेको स्रोत बताउँछ । प्रचण्डले पनि आफूले पार्टीभित्र छलफल गरेर छिट्टै खबर गर्ने बताएको करिश्मा निकट स्रोतको दावी छ ।
July 10, 2019 10:30 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह