Thursday 26th February 2026

सिपाहीकी स्वास्‍नी बनिन् गरिमा पन्त

7 years अगाडी

काठमाडौ । लामो समय बाट म्युजिक भिडियो र फिल्म क्षेत्रमा लागेर सबैको मनमा बस्न सफल नायिका गरीमा पन्तले निर्मल पौडेलद्वारा निर्देशित सर्ट फिल्म सिपाहीकी स्वास्‍नीमा अभिनय गरेकि छिन। कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’मा आधारित भएर बनाइएको फिल्म आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो। फिल्ममा चलचित्र झोलाकी नायिका गरिमा पन्तको मुख्य भूमिका छ।

१० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्‍नीको अवस्था कस्तो रहेको थियो भन्ने विषय फिल्ममार्फत देखाउन खोजिएको छ। फिल्ममा युद्धमा गएको श्रीमानको पर्खाइमा हरेक दिन त्रासदी जीवन बाँचिरहेकी एउटी श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाइ महसुस गर्छिन् भन्ने विषय फिल्ममा उजागर गर्न खोजेको निर्देशक पौडेलले जानकारी दिए। फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।

निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका हुन्। फिल्मको छायांकन अमृत केसीको रहेको छ भने सम्पादन अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेको रहेको छ।

          July 11, 2019 1:39 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...