

यस्तो अवस्थामा हाडे बदाम झुक्किएर पनि नखानुहोस्

हाडे बदाम एक मसलाको प्रकार हो जुन खानमा स्वादिष्ट हुनुका साथै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस, म्याग्नेशियम, भिटामिन इ, एन्टीशक्सिडेन्ट तथा फाइटोस्टेरोल जस्ता पोषक तत्वको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गरेर ट्युमर र क्यान्सरलाई नियन्त्रण गर्छ ।
बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ ।
धेरै जसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ । हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुदैन । र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अन्जनमा आफुलाई हानी पुर्याईरहेका हुन्छौं ।
यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुदैन । यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुदैन । यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ ।
उक्त रक्त चापको समस्या छ वा उक्तरक्त चाप नियन्त्रण गर्ने औषधिको सेवन गरिरहनु भएको छ भने बदामको सेवन नगरेको नै ठिक हुन्छ । यस्तो समयमा बदामको सेवन गरेमा हाम्रो स्वास्थ्य समस्या अझ बढ्न सक्छ । यदि पित्त थैलीको समस्या वा मृगौला सम्बन्धि कुनै पनि समस्या छ भने यस्तो समयमा बदामको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने पाइएको छ ।
स्वास्थ्य छु भनेर नियमित रुपमा धेरै बदामको सेवन पनि गर्नु हुदैन । दैनिक ५ देखि १० ओत सम्म सेवन गर्दा हाम्रो शरीरमा तेस्तो खासै कुनै असर भने देखाउने गर्दैन । दुब्लो हुनुहुन्छ भने बदामको नियमित सेवन गर्नाले हाम्रो तौल नियन्त्रणमा आउने गर्छ । तर, आवश्यकता भन्दा बेसी यसको सेवनले हाम्रो स्वास्थ्यलाई त हानी पुर्याउछ साथै हाम्रो औषधिको बिल समेत बढाउने गर्छ ।
July 11, 2019 2:23 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

