खबरदार ! बोका(केटा)हरुलाई साथ दिएर उनीहरुको मनोबल बढाउने काम नगरौ : गायिका ढकाल
काठमाडौं । पछिल्ला दिनहरुमा सामाजिक विषयमा आफ्ना धारणाहरु राख्दै आएकी गायिका मीना ढकालले केटाहरुलाई बोकाको संज्ञा दिएकी छिन् । अहिले चर्चामा रहेको चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको विषयलाई केन्द्रमा राखेर उनले यस्तो बताएकी हुन् । आज सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिन, ‘प्रसङ एक झटारो अनेक’ खबरदार ! बोका हरुलाई सल्बलाउन उनी हरुलाइ साथ दिएर त्यस्ताको मनोबल बढाउने काम नगरौ ! नारी तपाईं हाम्रै आमा छोरी चेली हुन !’ अहिले सामाजिक सञ्जालमा ओझा पक्षधरले शिल्पाको आलोचना गर्दै सम्पतीका लागि यस्तो षडयन्त्र गरेको आरोप लगाइरहेका छन् ।
अर्को तिर स्वंयम छविले पनि परिवारमा झै–झगडा भएको कुरा स्विकार गरेका छन् । उनीहरु अहिले मेलमिलापतर्फ लागेको बताइएको छ । ओझाले आफुले कुनै हालतमा डिर्भोस नदिने बताउँदै आएका छन् । ढकालले यसै घटनासँग सम्बन्धीत अर्को कुरा पनि व्यक्त गरेकी छिन् । यस्तो छ उनको अर्को स्टाटस, ‘बौद्धिक, असल व्यक्तिको खोल ओढेकाहरुले, नारीमाथि कुट्पिट लगायत शाररीक र मानसिक यातना लगायतका घरेलु हिंसा गर्ने नंपुसक बोकाहरुलाई सामाजिक बहिस्कार गर्नु पर्ने हाम्रो समाज ! अफसोच त्यस्तै कुकुरलाई देवता मानी जय–जयकार गर्दा अति नै पिडा हुन्छ ! त्यस्तै खालका घरेलु हिंसा तिम्रा छोरी चेली आमा माथी भयो भने के गर्छौ ???’
July 13, 2019 1:03 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :