

कप्तान पारस खड्काकाे सानदार ब्याटिङमा मलेसियाविरुद्ध नेपालकाे सहज जित

काठमाण्डाै – कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी-२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।
एउटा एण्डबाट उनले रन बनाइरहे पनि अर्को एण्डबाट विकेट झर्ने क्रम नरोकिँदा लामो साझेदारी भने हुन पाएन । तर, चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रजको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहित कुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।
टिमलाई जितका लागि ६ रन आवश्यक भएको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८.३ ओभरमा जित दिलाए ।अर्का ओपनर प्रदीप ऐरी ४.३ ओभरमा ८ रनको स्कोरमै आउट भए पछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल दशौं ओभरको अन्तिम बलमा अनवर रहमानको बलमा बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोड्न सके ।
यसअघि किनरा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित ओभरमा उसले ९ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेप नि अन्यको प्रदर्शन खराब रह्यो ।
पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।
१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे ।
क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।
July 13, 2019 1:27 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

