हेर्दा गुडिया जस्तै देखिने क्युट अभिनेत्री जसिता गुरुङ, हेर्नुहोस् १५ तस्बिरमा
अभिनेत्री जसिता गुरुङ चलचित्र ‘लिलीबिली’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् । सरलक्क मिलेको ज्यान, बोल्ने आँखा र गोरो छाला । समग्रमा भन्नु पर्दा प्रफेक्ट व्यक्तित्व । मानौँ कि उनी चलचित्रकी नायिका हुन कै लागी जन्मिएकी हुन् । उनको अभिनयको हिसाबले पनि निकै चर्चा हुने गरेको पाइन्छ । फिल्म “लभ स्टेसन” र “लिलीबिली” २ चलचित्र बाटै चर्चामा आएकी अभिनेत्री जसिताको नाम बेला बेलामा प्रदीप खड्का सँग जोडिन पुग्छ । प्रदर्शनमा आएका २ चलचित्रमा उनको जोडी अभिनेता प्रदीप खड्का सँग रहेको थियो । ‘गुडिया’ जस्तै देखिने जसितालाइ कतिले पुतली सँग तुलना गर्छन् । सामाजिक सञ्जालमा उनका फ्यान फलोइङ पनि निकै लोभ लाग्दा छन् ।अभिनेत्री जसिता गुरूङको पोखरा स्थाइ घर हो । भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् जसिता । उनको बसाई बेलायतको विन्चेस्टरमा छ ।
उनि १२ वर्षको उमेरमा नै परिवार संगै युके पुगेकी हुन् । त्यसयता उनी यूके मै बस्दै आएकिछन् । सानैदेखि डान्समा रुची भएकी जसिता त्यसै वेला देखि डान्स कम्पिटिसनहरुमा सहभगी हुन्थिन् । उनलाई त्यही नृत्यले नेपाली फिल्म क्षेत्रमा ल्याइपुर्यायो ।सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ २०१७ मा संजोगबस निर्देशक मिलन चाम्ससँग उनको भेट भयो । र, आम दर्शकलाई जस्तै जसिताको नृत्यले मिलनलाई पनि मोहित बनायो । सबैलाई मोहनी लगाउने जसिता चलचित्र लिलीबिलीमा आबद्ध भएपछी त झन् उनको ‘इनोसेन्ट फेस’मा लठ पर्नेको संख्या बढेको बढै छ ।लोकप्रिय अभिनेता प्रदीप खड्कासँग लिलीबिलीमा ‘स्क्रिन सेयर’ गरेपछि पनि जसिता धेरैकी प्रिय भएकि हुन सक्छिन् । जसिता र प्रदीपको ‘अन स्क्रीन रोमान्स’को झल्को बुझ्न लिलीबिलीको ‘ट्रेलर’ नै काफी छ ।
यस्तै फिल्मको ‘ट्रेलर’ र गीतले पनि प्रदीप र जसिताको रोमान्सलाई राम्रै सँग झल्काउँछ ।सायद धेरैलाई फ्यान बनाउने कारण लिली विलीको ‘ट्रेलर’ नै हो । किनभने अहिलेसम्म उनको कला आम दर्शकले देखेको यही बाट नै हो । यही कारण जसितालाई चलचित्रमा हेर्न दर्शकलाई आतुर वनाएको थियो ।गुडिया जस्तो फेस र बब्ली क्यारेकट उनलाई रुचाइनुको मुल कारण हो । प्राय नेपाली फिल्मले कैद गर्न नसकेका दृश्यहरू खिचेर छायाँकार सुदीप बरालले लिलीबिलीमा रोमांचकता बनाएका थिए । निर्देशक मिलन चाम्स्को कमाण्डमा तयार भएको चलचित्र लिलीबिलीलाइ दर्शकले निकै रूचाए । तस्विर जसिताको सामाजिक संजाल बाट ।









प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।