उच्च जोखिमपछि नेपालले भारतिय चित्कार सुन्यो मात्र : राति नै खोलिदियो कोशी ब्यारेजका ५६ ढोका
काठमाडौ । अबिरल वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव इतिहासकै उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ । सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानाकारी दिएका छन् । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।
यता ४३ वटा मात्र ढोका खोल्दा समेत आफ्नो बिहार राज्य ढुब्ने खतरा रहेको भन्दै भारतले ब्यारेजका ढोका नखोल्न दबाब दिएको थियो । ढोका नखोले कोशी ब्यारेजको पुल नै भत्किने र पूर्व मधेस पूरै डुब्ने भय भएपनि नेपालले कोशीका सबै ढोका खोलिएको हो । कोशीका सबै ढोका खोल्नुपर्ने अवस्था अहिलेसम्म आएको थिएन ।
यसको असर नेपालसँग सीमा जोडिएका भारतका केही राज्यहरुमा उच्च देखिएको छ । विशेष गरेर भारतको बिहार राज्यमा यसको धेरै असर देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भारतको दक्षिणी राज्यहरुमा पानीको महासंकट छाइरहेको बेला बिहार लगायतका उत्तरी राज्यहरुमा वर्षाको जोडदार असर देखिएको छ । यी राज्यहरुमा नेपालको तुलनामा मानवीय क्षति कम भएपनि पुरै राज्य तलाउ बनेको बताइएको छ । पानीले घरहरु पुरै डुब्न लागेका दृष्यहरु त्यहाँका मिडियाले प्रकाशन गरिरहेका छन् ।
July 14, 2019 12:37 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप