पत्रकारसँग विवाद गर्नु कंगनालाई भारी पर्यो, मिडियाले दिए यस्तो सजाय
6 years अगाडी
Susma Dhakal
मुम्बइ। केही दिनअघि एक जना पत्रकारसँग आफ्नो बारेमा नराम्रो लेखेको भन्दै विवाद गरेकी बलिउड अभिनेत्री कंगना रनोटलाई यो विवाद भारी परेको छ । विवादपछि एकता कपुरले मिडियासँग माफी मागेकी थिइन् तर कंगनाले कुनै हालतमा माफी नमाग्ने अडान लिइन् । यही अडानका कारण कंगनालाई आपत पर्यो ।
शनिबार राती मुम्बइमा कंगनाको आगामी फिल्म ‘जजमेंटल है क्या’को एउटा ठूलो कार्यक्रम आयोजना गरिएको थियो । यो कार्यक्रममा कंगना र एकता कपूर दुवै उपस्थित थिए । कार्यक्रमका लागि सबै मिडियालाई बोलाइएको थियो । तर, कंगनाको अडानका कारण मिडियाले कंगनालाई बहिष्कार गर्ने निर्णय गरेकोले त्यहाँ मिडिया नै पुगेनन् । अन्ततः कुनै पनि मिडिया नआएपछि कंगनाले कार्यक्रम नै रद्द गर्नुपर्यो । मिडिया नपुगेपछि कार्यक्रम रद्द गरियो तर कार्यक्रम रद्द गर्दा कंगना बिरामी भएको बहाना बनाइयो ।
July 14, 2019 2:38 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...