आलोचित बन्दै नेपाली दुतावास आवुधाबी
गुरु प्रसाद रेग्मी-
युएइ -नेपाल सरकारले युएइ भिजिट भिषामा आउन प्रतिबन्ध लगाए पश्चात बिगत युएइमा कार्यरत श्रमिकले आफ्ना आफन्त युएइ भ्रमण गराउन सहजता अपनाउन भिजिट भिषामा आफन्त ल्याउन आवश्यक पर्ने सिफारिस पत्र ( एन ओ सि ) नेपाली दुतावास आवुधाबिले प्रदान गर्दै आएकोमा हिजो असार २९ गते अचानक सुचना जारी गरेर उक्त सिफारिस पत्र जारी नगरिने भन्दै सुचना प्रकासित गरेको छ । पत्रमा उल्लेख गरे अनुसार ” युएइमा कार्यरत नेपालिले भिजिट भिषामा आफ्ना आफन्त वुवा आमा श्रीमती श्रीमान तथा छोरा छोरी लाई ल्याउन आवस्यक पर्ने सिफारिस पत्र एन ओ सि २०७६ असार ३० गते सोमवार देखी जारी नगरिने उल्लेख गरेको छ । के कती कारणले सिफारिस बन्द गरिएको हो भन्ने पत्रमा उल्लेख छैन ।
विगतमा सेटिङ्ग मार्फत किर्ते सिफारिस बनाइ मानव तस्करले युएइ मा काम लगाइ दिने भन्दै प्रलोभनमा पारेर धेरै नेपाली ल्याउदै गरेको र उक्त कार्य अझै पनि निरन्तर चल्दै गरेको र मानव तस्कर मार्फत भिजिट भिषामा युएइ भित्रीएका हजारौ नेपाली अलपत्र परेको तथ्य बाहिरिदै गर्दा दुतावासको यो पछिल्लो कदमले मानव तस्कारलाई नै मलजल गर्ने र उनिहरुलाई सहज हुने देखिन्छ भने मानव तस्कर सग दुतावास कै कर्मचारी देखी नेपाल स्थित विमान स्थल अध्यागमनका कर्मचारीको समेत मिलेमतो रहेको तथ्य सहितका समाचार बेला बेला बाहिरिने गरेको रेकर्ड समेत रहेको अवस्तामा नेपाल सरकार तथा दुतावासले आवस्यक छानविन गर्न पर्नेमा त्यसो गरेको देखिदैन भने दुतावासको पछिल्लो निर्णयले मानव तस्करलाई नै पक्षपोषण गरेको र आम श्रमिकको आफ्ना आफन्त युएइ भ्रमण गराउन ल्याउन पाउने अधिकार कुण्ठित गरेको भन्दै युएइमा कार्यरत अधिकाङ्स श्रमिक तथा सामाजिक अभियान्ता र युएइमा रहेका सस्थाका ब्याक्तीहरुले सामाजिक सन्जाल फेसबुक मार्फत ब्यापक आलोचना सहित आक्रोस ब्याक्त गरेका छन ।
जनजाती महसघका युएइका अध्यक्ष पासाङ शेर्पा

पत्रकार महासघ युएइ साखा सचिव मेघराज सापकोटा

नेपाली जनप्रगतिशिल मञ्चका हरि नेपाली
सामाजिक अभियान्ता दिल लामा

July 15, 2019 2:24 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो