आलोचित बन्दै नेपाली दुतावास आवुधाबी
गुरु प्रसाद रेग्मी-
युएइ -नेपाल सरकारले युएइ भिजिट भिषामा आउन प्रतिबन्ध लगाए पश्चात बिगत युएइमा कार्यरत श्रमिकले आफ्ना आफन्त युएइ भ्रमण गराउन सहजता अपनाउन भिजिट भिषामा आफन्त ल्याउन आवश्यक पर्ने सिफारिस पत्र ( एन ओ सि ) नेपाली दुतावास आवुधाबिले प्रदान गर्दै आएकोमा हिजो असार २९ गते अचानक सुचना जारी गरेर उक्त सिफारिस पत्र जारी नगरिने भन्दै सुचना प्रकासित गरेको छ । पत्रमा उल्लेख गरे अनुसार ” युएइमा कार्यरत नेपालिले भिजिट भिषामा आफ्ना आफन्त वुवा आमा श्रीमती श्रीमान तथा छोरा छोरी लाई ल्याउन आवस्यक पर्ने सिफारिस पत्र एन ओ सि २०७६ असार ३० गते सोमवार देखी जारी नगरिने उल्लेख गरेको छ । के कती कारणले सिफारिस बन्द गरिएको हो भन्ने पत्रमा उल्लेख छैन ।
विगतमा सेटिङ्ग मार्फत किर्ते सिफारिस बनाइ मानव तस्करले युएइ मा काम लगाइ दिने भन्दै प्रलोभनमा पारेर धेरै नेपाली ल्याउदै गरेको र उक्त कार्य अझै पनि निरन्तर चल्दै गरेको र मानव तस्कर मार्फत भिजिट भिषामा युएइ भित्रीएका हजारौ नेपाली अलपत्र परेको तथ्य बाहिरिदै गर्दा दुतावासको यो पछिल्लो कदमले मानव तस्कारलाई नै मलजल गर्ने र उनिहरुलाई सहज हुने देखिन्छ भने मानव तस्कर सग दुतावास कै कर्मचारी देखी नेपाल स्थित विमान स्थल अध्यागमनका कर्मचारीको समेत मिलेमतो रहेको तथ्य सहितका समाचार बेला बेला बाहिरिने गरेको रेकर्ड समेत रहेको अवस्तामा नेपाल सरकार तथा दुतावासले आवस्यक छानविन गर्न पर्नेमा त्यसो गरेको देखिदैन भने दुतावासको पछिल्लो निर्णयले मानव तस्करलाई नै पक्षपोषण गरेको र आम श्रमिकको आफ्ना आफन्त युएइ भ्रमण गराउन ल्याउन पाउने अधिकार कुण्ठित गरेको भन्दै युएइमा कार्यरत अधिकाङ्स श्रमिक तथा सामाजिक अभियान्ता र युएइमा रहेका सस्थाका ब्याक्तीहरुले सामाजिक सन्जाल फेसबुक मार्फत ब्यापक आलोचना सहित आक्रोस ब्याक्त गरेका छन ।
जनजाती महसघका युएइका अध्यक्ष पासाङ शेर्पा

पत्रकार महासघ युएइ साखा सचिव मेघराज सापकोटा

नेपाली जनप्रगतिशिल मञ्चका हरि नेपाली
सामाजिक अभियान्ता दिल लामा

July 15, 2019 2:24 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन