एनसीसी कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइ सक्नुपर्ने
कुवेत – एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ ।
निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथा निर्वाचन कार्यतालिका समेत यस अघि नै प्रकाशित गरी यहि जुलाई महिनाको १९ तारिक राती १० बजेसम्म अनलाइनबाट पञ्जिकृत फाराम भर्न पाउने समय सिमा तोकेको छ ।
यसै वर्षबाट गैर आवासीय नेपाली संघले पञ्जिकृत सदस्यता फाराम अनलाइनबाट भर्नु पर्ने गरी कार्यन्वयनमा ल्याएकोले पञ्जिकृत सदस्यता फाराम पनि धमाधम भर्ने काम भइरहेको छ । यस क्रममा फाराम भर्दा अनलाइनबाट भर्नुपर्ने र फाराम शुल्क नगद बुझाउनु पर्ने भएकोले अधिकांश पञ्जिकृत सदस्यता फाराम भरेका दाजुभाइ तथा दिदीबहिनीहरुको नगद सम्बन्धित ब्यक्तिलाइ प्राप्त नभएकोले फारामको अन्तिम स्वीकृति हुन पाएको छैन ।
तसर्थ अनलाइनबाट पञ्जिकृत फाराम भर्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले जो जस मार्फत फाराम भर्नु भएको छ सोही ब्यक्ति मार्फत यहि जुलाई १९ तारिक राती १० बजे भित्र नगद बुझाउनु हुन अनुरोध गर्दै म्याद गुज्रेपछि पञ्जिकृत फाराम अस्वीकृत हुने ब्यहोरा यसै सूचना मार्फत सूचित गरिन्छ ।
July 16, 2019 4:47 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड