ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी टोली
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् ।
त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । ठगी गरेको मुद्दामा प्रहरी टोली सोनाक्षीको बयान लिन जुहुस्थित उनको घरमा पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । तसर्थ प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटाे रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् ।
केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।
July 16, 2019 12:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर