ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी टोली
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् ।
त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । ठगी गरेको मुद्दामा प्रहरी टोली सोनाक्षीको बयान लिन जुहुस्थित उनको घरमा पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । तसर्थ प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटाे रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् ।
केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।
July 16, 2019 12:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।