छविले शिल्पालाई लेखे, – तपाई सिधै मेरो अदालतमा आउनुस्, न्याय पाउनुहुन्छ
काठमाडौं । निर्माता छविराज ओझाले आफ्नी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई घर फर्कन आग्रह गरेका छन् । तीन वर्षअघि गुपचुप विवाह गरेका यी दुईको सम्बन्ध घरेलु हिंसाको मामिला बनेर गत साता प्रहरीकोमा पुगेको थियो ।
शिल्पाले आफू श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै छविविरुद्ध महानगरीय प्रहरी परिषर (टेकु)मा उजुरी दिएकी थिईन् । प्रहरीकोमा पुगेको सो उजुरी छविले माफी मागेपछि मिलापत्रमा टुंगिएको थियो । यद्यपी सो क्रममा शिल्पाले आफू अदालत जाने बताएकी थिईन् ।
त्यसपश्चात यी दुईको सम्बन्ध कसरी अगाडी बढ्ला ? धेरैको कौतुहलता थियो । अन्ततः यी दुईको सम्बन्धले डिभोर्सको रुप लिने संकेत मिलेको छ । हालै एक भिडियो कुराकानीले शिल्पाले डिभोर्सको प्रक्रिया थालेको बताएकी छिन् । अब कानुन अनुसार अगाडी बढ्ने शिल्पाको भनाई छ ।
यसैबिच छविराजले फेसबुकमा स्टाटस् लेख्दै शिल्पालाई घर फर्कन आग्रह गरेका हुन् । उनले शिल्पा आफूले बुढेसकालको सहारा बनेर बस्न सके आफू आफ्ना गल्ती सच्याएर गान्धीवादी बनेर बस्ने बताएका छन् । उनले शिल्पाका लागि आफ्नो घरको ढोका सधै खुल्ला रहेको उल्लेख गरेका छन् ।
‘अरुको कुरा नसुन्नुस् । आउनुस् हाम्रो घरको ढोका सधै तपाईको लागि खुल्ला छ’ उनले अगाडी लेखेका छन् –‘यदी तपाई साँच्चै मसंग बस्न सक्नुहुन्न भने पनि एकपटक मसंगै आएर टेवलमा कुरा गर्नुस् ।’
आफूले तीन दिनदेखी शिल्पासंग सम्पर्क गरेर भेटन खोज्दा तपाईलाई अब वकिलले भेटछ भन्ने शिल्पाको जवाफ आएको छविले उल्लेख गरेका छन् ।अन्त्यमा छविले लेखेका छन् –‘म फेरि पनि भन्दैछु । संसारको कुनै पनि अदालतमा जानू पर्दैन् । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईले न्याय पाउनुहुन्छ ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक