नङ टोक्ने बानीले निम्त्याउन सक्छ स्वास्थ्यमा गम्भीर समस्या
धेरै जसो मानिसको नङ टोक्ने बानी हुने गर्छ । बालबालिकामा देखिने यस्तो बानी सामान्य भएपनि अलि धेरै उमेर पुगेका मानिसले नङ टोकीरहेको समेत देख्न सकिन्छ । नङ टोक्ने बानी एकदम खराब हो भने नङ टोक्ने मानिसलाई फोहोरी समेत भनिने गर्छ । त्यसैले अभिभावक तथा स्कुलमा शिक्षकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन र नङ टोक्दा हुने स्वास्थ्य समस्याको बिषयमा सिकाउन जरुरि देखिन्छ ।
शरीरको विभिन्न अंगमध्ये नङ फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो भने नङ टोक्ने बानीले हाम्रो शरीरमा विभिन्न प्रकारका संक्रमण फैलिने डर पैदा हुन्छ । हामीले जानी वा नजानी नङ टोक्दा हाम्रो शरीरमा विभिन्न परकरको स्वास्थ्य समस्याहरु निम्तिने गर्छन । नङ टोक्ने मानिसको मुखमा धेरै ब्याक्टेरिया हुने गर्छ जुन नङबाट सरेको हुन्छ । जसले गर्दा हैँजा तथा पखालाजस्ता संक्रमण छिट्टै नङबाट सर्न सक्ने सम्भावना हुने गर्छ
बारम्बार नङ टोक्ने गर्दा नङसंग नङ नजिकैको छाला पनि उक्किने गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ । यसले गर्दा नङ वरपरको छालालाई असर गर्छ र पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यस्तो समयमा नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा धेरै हुने गर्छ । नङ टोकिरहने मानिसको नङको स्वरुप फेरिन सक्छ र नङ बांगो हुन जान्छ ।
नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर मुखमा हुन्छ र पछि गएर आन्द्रामा पर्छ । यसरी नङ टोक्दा मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने तथा मुखमा फोकाहरु आऊने समस्या देखा पर्न थाल्छ । हामीले यदि बिहान बेलुकै दाँतलाई ब्रस गरेर सफा राखे पनि नङ टोक्ने बानी छ भने ब्याक्टेरियाले गर्दा हाम्रो सास गन्हाउने भएको हुन्छ ।
मुखमा फैलिने विभिन्न भाइरस पाठेघरको मुखको क्यान्सरको कारक समेत हुने पाइएको छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना हुने गर्छ । नङ पालिस लगाउने महिलाहरुको नङ टोक्ने बानी छ भने, पालिसमा भएको विभिन्न केमिकलहरु शरीरभित्र सजिलै पस्न सक्ने हुदा हाम्रो शरीरमा विभिन्न समस्या उत्पन्न गराउन थाल्छ । सधै नङ टोक्ने मानिसले बिस्तारै नङ टोक्न छोडे पनि केहीको नङ सधैँका लागि खराब समेत हुन सक्छ ।
July 17, 2019 5:10 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड