सिल्पाको पनि दोश्रो बिवाह : पहिलो श्रीमान बारे यस्तो खुलासा (भिडियोसहित)
काठमाडौँ– निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवादको बिषय पछिल्लो समय मिडियामा मसला बनेको छ । घरेलु हिंसाबाट सुरु भएको विवाद डिभोर्ससम्म पुग्ने चर्चा छ । छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए । तर पनि यी दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।
यतिबेला मिडियामा उनीहरुको डिभोर्सको चर्चा चल्न थालेको छ । केही अनलाइन मिडियाले छविसँगको डिभोर्सका लागि शिल्पाले कागजपत्रसमेत फाइल गरिसकेको समाचार बनाएका छन् । तर यस विषयमा शिल्पाले आधिकारिक धारणा न त सामाजिक संजालमा पोष्ट गरेकी छन् न बाहिर नै ल्याएकी छन् । तर मिडियामा भने उनले छविसँग डिभोर्स लिने निश्चित भइसकेको जस्ता समाचार छाउन थालेका छन् ।
ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको केहि समय बित्न नपाउदै छविराज ओझाले शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान भएको खुलाएका छन।उनि भन्छन’म संग बिहे गर्नु अगाडिनै उनले अर्को संग डिभोर्स दिएको हो र अहिले म संग बिबाह भएको थियो। यस विषयमा निर्माता छविराज ओझालाई केही जानकारी नभएको पनि होइन । उनले पनि डिभोर्सको हल्ला वा आधिकारिकता सुनेकै हुनपर्छ । सायद त्यसैले होला छविले शिल्पालाई कुनै अदालत नजान र आफ्नै अदालतमा आउन अनुरोधसमेत गरेका छन् । तर उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।
July 18, 2019 10:53 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।