रकलाई उछिन्दै प्रियंका चोपडा बनिन् सर्वाधिक लोकप्रिय व्यक्ति
हलिउडमा कदम चाल्नासाथ बलिउड अभिनेत्री प्रियंका चोपडाको लोकप्रियता दिनदिनै बढ्दो छ। सोसल मिडिया क्लाइम्बर्स लिस्टको आधारमा पनि प्रियंकाको लोकप्रियता कति रहेछ भन्ने हामी अनुमान लगाउन सक्छौं। हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन्।
चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका सबैभन्दा लोकप्रिय व्यक्ति नायक नथा पूर्व रेस्लर खेलाडी ड्वाइने जोनसन अर्थात् रकलाई पछि पारेकी हुन्। एक महिनाको अवधिमा प्रियंका तीनपटक सामाजिक संजालकी सबैभन्दा लोकप्रिय व्यक्ति बनेको हलिउड रिपोर्टर्सको चार्टले उल्लेख गरेको छ।
चार्टले फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरमा राखिएका फोटो, भिडियोको भिजिटर, लाइक्स, कमेन्ट्स, डिस्लाइक्स तथा इन्गेजमेन्टको डेटा संकलन गरेर सर्वाधिक लोकप्रिय व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ। प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय छिन्। उनी आफ्ना श्रीमान निक जोनससँगको फोटोहरु पोस्ट गरिरहन्छिन्। सामाजिक संजालमा उनको फलोवर्सहरु पनि निकै छन्। एजेन्सी
July 18, 2019 11:50 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :