रकलाई उछिन्दै प्रियंका चोपडा बनिन् सर्वाधिक लोकप्रिय व्यक्ति
हलिउडमा कदम चाल्नासाथ बलिउड अभिनेत्री प्रियंका चोपडाको लोकप्रियता दिनदिनै बढ्दो छ। सोसल मिडिया क्लाइम्बर्स लिस्टको आधारमा पनि प्रियंकाको लोकप्रियता कति रहेछ भन्ने हामी अनुमान लगाउन सक्छौं। हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन्।
चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका सबैभन्दा लोकप्रिय व्यक्ति नायक नथा पूर्व रेस्लर खेलाडी ड्वाइने जोनसन अर्थात् रकलाई पछि पारेकी हुन्। एक महिनाको अवधिमा प्रियंका तीनपटक सामाजिक संजालकी सबैभन्दा लोकप्रिय व्यक्ति बनेको हलिउड रिपोर्टर्सको चार्टले उल्लेख गरेको छ।
चार्टले फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरमा राखिएका फोटो, भिडियोको भिजिटर, लाइक्स, कमेन्ट्स, डिस्लाइक्स तथा इन्गेजमेन्टको डेटा संकलन गरेर सर्वाधिक लोकप्रिय व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ। प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय छिन्। उनी आफ्ना श्रीमान निक जोनससँगको फोटोहरु पोस्ट गरिरहन्छिन्। सामाजिक संजालमा उनको फलोवर्सहरु पनि निकै छन्। एजेन्सी
July 18, 2019 11:50 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।