‘कबीर सिंह’ हिट भएपछि शाहीद कपूरको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुग्यो
बलिउड अभिनेता शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ को सफलतालाई नै सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ ।यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् । खबरहरुका अनुसार अभिनेता शाहीद कपूरले उनको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्याएका छन् ।
फिल्म ‘कबीर सिंह’ शाहीद कपूरको पहिलो शोलो हिट फिल्म हो । यस फिल्मले बक्स अफिसमा कसैले नसोचेको सफलता हासिल गरेको छ । जसका कारण फिल्मले शाहीद कपूरलाई एकाएक सुपरहिट अभिनेता सावित गरिदियो । शाहीदलाई यतिबेला फिल्म र विज्ञापनका लागि धेरै अफरहरु आइरहेका छन ।
फिल्मका लागि शाहीदले आफ्नो पारिश्रमिक ३० करोड पुर्याएका छन् । शाहिदलाई ‘कबीर सिंह’ का लागि जम्मा ३ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । तर अब भने शाहीदले आफ्नो पारिश्रमिक बढाइसकेका छन् ।
शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । जुन २० मा रिलिज भएको यस फिल्मले प्रदर्शनको चौथो मंगलबारसम्म आइपुग्दा २६३.१९ करोडको व्यापार गरिसकेको छ । यस फिल्ममा शाहीद कपूर एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।
रिसाहा र पागलप्रेमी बनेका शाहीदको प्रेमिकाको रुपमा अभिनेत्री कियारा अड्वाणीको अभिनय रहेको छ । यो फिल्म साउथ फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । शाहीद र कियाराका साथै फिल्ममा अर्जुन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल, आदिल हुसैन र निकिता दत्ताको अभिनय रहेको छ ।
July 19, 2019 10:14 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :