‘कबीर सिंह’ हिट भएपछि शाहीद कपूरको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुग्यो
बलिउड अभिनेता शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ को सफलतालाई नै सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ ।यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् । खबरहरुका अनुसार अभिनेता शाहीद कपूरले उनको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्याएका छन् ।
फिल्म ‘कबीर सिंह’ शाहीद कपूरको पहिलो शोलो हिट फिल्म हो । यस फिल्मले बक्स अफिसमा कसैले नसोचेको सफलता हासिल गरेको छ । जसका कारण फिल्मले शाहीद कपूरलाई एकाएक सुपरहिट अभिनेता सावित गरिदियो । शाहीदलाई यतिबेला फिल्म र विज्ञापनका लागि धेरै अफरहरु आइरहेका छन ।
फिल्मका लागि शाहीदले आफ्नो पारिश्रमिक ३० करोड पुर्याएका छन् । शाहिदलाई ‘कबीर सिंह’ का लागि जम्मा ३ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । तर अब भने शाहीदले आफ्नो पारिश्रमिक बढाइसकेका छन् ।
शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । जुन २० मा रिलिज भएको यस फिल्मले प्रदर्शनको चौथो मंगलबारसम्म आइपुग्दा २६३.१९ करोडको व्यापार गरिसकेको छ । यस फिल्ममा शाहीद कपूर एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।
रिसाहा र पागलप्रेमी बनेका शाहीदको प्रेमिकाको रुपमा अभिनेत्री कियारा अड्वाणीको अभिनय रहेको छ । यो फिल्म साउथ फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । शाहीद र कियाराका साथै फिल्ममा अर्जुन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल, आदिल हुसैन र निकिता दत्ताको अभिनय रहेको छ ।
July 19, 2019 10:14 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।