नेकपाले विदेश, संगठन र नीति तथा प्रतिष्ठान विभागको नेतृत्व टुंग्यायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका महत्वपूर्ण तीन विभाग प्रमुखको टुंगो लगाएको छ। नेकपाले पार्टीमा महत्पपूर्ण मानिने विदेश विभाग, संगठन विभाग र नीति तथा प्रतिष्ठान विभाग प्रमुखको टुंगो लगाएको हो।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ३२ विभाग मध्ये एमाले पक्षलाई १८ र माओवादी पक्षलाई १४ विभागको नेतृत्व दिने सहमति भएसँगै एमाले पक्षले तीन संगठन विभाग प्रमूखको टुँगो लगाएको हो।
पूर्व एमाले पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख र अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान विभाग दिने सहमति गरेको नेकपा स्रोतले जनाएको छ । यसअघि माधव नेपाल तत्कालिन एमालेको पनि विदेश विभाग प्रमुख रहेका थिए।
त्यस्तैगरी नेकपाका प्रभावशाली नेता बामदेव गौतमले पार्टीको मेरुदण्ड मानिने संगठन विभागको नेतृत्व पाउने सहमति भएको छ। नेकपाले अन्य विभागको नेतृत्वबारे छलफल गर्न भोलि साउन ५ गते सचिवालय बैठक डोकेको छ।
July 20, 2019 11:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने