विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि
विश्वभरिबाट सबैभन्दा धेरै प्रशंसा बटुल्ने व्यक्तिहरुको सूची सार्वजनिक गर्ने संस्था यूगभले यस वर्षको सबैभन्दा प्रशंसनीय व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।यो सूचीमा विश्वका विभिन्न देशका राजनीतिज्ञ, व्यापारीदेखि कलाकारसम्मले आफ्नो स्थान बनाएका छन् ।
इन्टरनेट र डाटा मार्केटिङ्ग फर्म यूगभले अनलाइन भोेटिङका आधारमा यो सूची जारी गरेको हो । पुरुषतर्फ शीर्ष स्थानमा बिल गेट्स रहँदा दोस्रो स्थानमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा रहेका छन् । यस्तै तेस्रो स्थानमा एक्सन सुपरस्टार ज्याकी च्यान रहेका छन् ।

यो सूचीमा बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान र सलमान खानले पनि स्थान बनाएका छन् । अभिनेता अमिताभ बच्चन संसारभरबाट प्रशंसा बटुल्ने व्यक्तिहरुको सूचीमा १२ औँ स्थानमा परेका छन् । यस्तै अभिनेता शाहरुख खान १६ औँ स्थानमा रहँदा अभिनेता सलमान खान १८ औँ स्थानमा छन् ।

यसैगरी यूगभको सूचीमा महिलातर्फ शीर्ष स्थानमा अमेरिकी पूर्वरा ष्ट्रपतिकी पत्नी मिशेल ओबामा रहेकी छिन् । दोस्रो स्थानमा ओप्रा विनफ्रे रहँदा तेस्रो स्थानमा हलिउड अभिनेत्री एञ्जेलिना जोली रहेकी छिन् । चौथो स्थानमा बेलायतकी महारानी एलिजावेथको नाम रहेकाे छ भने पाँचौ स्थानमा बेलायती अभिनेत्री एम्मा वाट्सन परेकी छिन् ।

यस सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण, ऐश्वर्या राय, प्रियंका चोपडा र सुष्मिता सेनको नाम पनि रहेको छ । अभिनेत्री दीपिका पादुकोण १३ औँ स्थानमा रहेकी छिन् । दीपिकापछि अभिनेत्री प्रियंका चोपडा १४ औँ स्थानमा, ऐश्वर्या राय बच्चन १६ औँ स्थानमा पर्दा सुष्मिता सेन १७ औँ स्थानमा परेकी छिन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।