यसकारण पक्राउ परे कम्युनिष्ट नेता माइला लामा ! पढ्नुहोस्
काठमाडौ । सरकार र विप्लवबीच वार्तामा चर्चा भइरहेको समयमा विप्लव समुहका एक चर्चित अनुहार पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो ।
विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो । विप्वलवपक्षले पनि यसको पुष्टि गरेको छ । महानगरीय अ पराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।
लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम वि स्फोटनका घटना गराउन निर्देशन दिएको आरोप लगाइएको थियो । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए ।
फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको वि स्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको वि स्फोटमा ५ जनाले ज्यान गुमाएका थिए । जेठमा भएको वि स्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो । घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो ।
प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए । पक्राउ परेकाले लामाको नाम लिएका थिए । लामा १० वर्षे जनयु द्धका क्रममा गम्भीर घाइते भएका थिए । उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन् । जनयु द्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी पनि थिए ।
July 21, 2019 1:14 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने