

शरीरको अनेक रोगका लागि बाँसको तामा अचूक औषधि

बाँसको कलिलो भागलाई तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा यसको सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ । बाँसको कलिलो मुन्टालाई काटेर स(साना टुक्रा बनाएर केहीबेर घाममा सुकाउनु पर्छ ।
घाममा सुकाएको तामामा बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर । हामीले तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए’, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइने गर्छ ।
तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने भएकोले यसको सेवनले शरीरको बोसो घटाएर तौललाई नियन्त्रणमा राखेर अत्याधिक कोलेस्टेरोल तथा मधुमेह रोगीको लागि निकै फाइदाजनक हुने गर्छ । तामाले मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । तामाको नियमित सेवनले हाम्रो पाचन समस्यामालाई पनि हटाउने गर्छ ।
पेटमा ग्यास बढ़ेर पेट फुल्दा, पेटको दुखाइ, झाड़ा–पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्याहरुमा औषधीको रुपमा काम गर्दछ । प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास–प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ । साथै, फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकीको समस्या होस् यसको सेवनले हामीलाई निकै फाइदा हुन्छ ।
तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्न मद्दत गर्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई तथा पिसाबघरका समस्याहरूलाई पनि तामाले कम गर्छ । गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा हुने गर्छ ।
July 23, 2019 5:28 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

