घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव
काठमाण्डौ – घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको छ ।
घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न सडकदेखि सदनसम्मबाट दबाव बढेको हो । तर सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली यसबारे अझै मौन हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएको भनिए पनि यसबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
प्रधानमन्त्री ओलीले हिजो मन्त्री गुप्तालाई बोलाएर छलफल गर्नुभएको थियो । तर गुप्तालाई मन्त्री पदबाट हटाउनेबारे कुनै निर्णय भएन ।
मन्त्री गुप्ताले घुस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अख्तियारले अडियो परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुराकानी भएको ९ मिनेटको अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ गरी ७८ लाख रुपैयाँ घुस डिल गरेको उल्लेख छ ।
६ महिनाअघि भएको यो घुस संवादको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो । उज्यालो
July 15, 2025 11:59 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन