रणबिर कपूर र आलिया भट्टको विवाह अर्को वर्ष
भारतीय अभिनेत्री आलिया भट्ट र रणबिर कपूरको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ । एक वर्षदेखि आलिया र रणबिर प्रेममा रहेका छन् ।यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यसै फिल्मको छायाकंनको क्रममा आलिया र रणबिरबीचको प्रेम झाँगिएको थियो । त्यसपश्चात रणबिर आलियालाई फिल्म छायाकंनमा मात्रै नभई अन्य स्थानहरुमा पनि एक साथ देखिन थालियो । दुवै जना एक साथ रहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल नै भए ।
रणबिर कपूर र आलिया भट्टले एकअर्कालाई डेटिङ गर्न थालेको खबर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुबीच दुवैको विवाहको विषयमा चर्चा हुन थालेको थियो । अहिले सार्वजनिक खबरहरुका अनुसार रणबिर र आलिया सन् २०२० को अन्त्य सम्ममा विवाह गर्ने बताइएको छ ।अभिनेत्री आलिया भट्ट भारतका चर्चित फेशन डिजाइनर सब्यासाचीलाई भेट्न गएकी थिइन । आलियाले सब्यासाचीसँग आफ्नो विवाहको लेहंगाको विषयमा कुरा गरेकी छिन् । यसैकारण आलिया र रणबिर कपूरले छिट्टै नै विवाह गर्न सक्ने बताइएको छ ।
डिजाइनर सब्या साचीले अभिनेत्री अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियंका चोपडाको विवाहको लेहंगा डिजाइन गरिसकेका छन् । आलिया भट्टले केही समयअघि मुम्बईको जुहुमा १३ करोडको अलिशान फ्ल्याट खरिद गरेकी थिइन् । त्यस समयमा पनि पनि उनको र रणबिरको विवाहको चर्चा चलेको थियो । खबरहरुका अनुसार आलिया र रणबिरका परिवार पनि दुवैको सम्बन्धमा निकै नै खुशी छन् । दुवै परिवार आलिया र रणबिरको विवाहलाई लिएर निकै नै उत्साहित छन् ।
July 24, 2019 1:56 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :