प्रताप दाससँग ‘फन्नी’ गफ
काठमाण्डाै – नेपाली तारा रियालिटी शो बाट चर्चामा आएका गायक हुन् प्रताप दास । सानैदेखि सांगीतिक क्षेत्रलाई आफ्नो कर्मथलो मानेर अघि बढेका प्रताप सुमधुर स्वरसँगै चक्लेटी अनुहारका कारण पनि दर्शकको मनमा बस्न सफल भएका छन् । नेपाली तारामा चौथो स्थान हासिल गरेका प्रताप त्यतिबेला अझ धेरै परिचित त्यतिबेला भए जब उनी नेपाल आइडलमा सहभागी भए । नेपाल आइडलमा उनी सहभागी मात्र भएनन्, तेस्रो स्थान हासिल गर्न पनि सफल भए । उनै गायक दाससँगकाे ‘फन्नी गफ’ यस्ताे छ:
गर्लफ्रेन्डको नाम बिर्सनु भयो भने ?
म फोटो हेर्छु नी मज्जाले स्मरण गर्छु (हाँसो) ।
लिफ्ट माग्दा एक्स परिछिन् भने ?
बसेर जान्छु बाटोमा पुराना कुराहरु रिकल गर्छु, ओर्लिने बेलामा धन्यबाद भन्छु (हाँसो) ।
तपाइँलाई देख्दा मान्छे तर्सन थाले भने ?
भिडियोहरुमा पर्दामा आउँछु, रियल लाईफमा खासै आउँदिन ।
केटा मान्छेहरुको जस्तो केटी मान्छेको पनि दाह्री आउन थाल्यो भने ?
झनै राम्रो हुन्छ किनभने संसारमा दुईवटा जात छ केटा र केटी, त्यो पनि एउटा मात्र हुन्छ ।
जति फोनमा बोल्यो त्यति उमेर बढ्न थाल्यो भने ?
यो धरतीमा फोन भन्ने चिज नै हुँदैन, बिलाएर जान्छ । म अहिले भन्दा डबल रमाइलो गर्थेँ होला अनि फोन चैँ सकेसम्म कम चलाउँथे होला ।
पत्रिकामा आएका राशिफल सबै मिल्न थाले भने ?
घरको भित्ताभरी पत्रिका टाँस्थेँ होला ।
भगवानले एउटा वर माग, पूरा गरिदिन्छु भने भने ?
मलाई अर्को जन्ममा पनि प्रताप दास बनाइदिनुुस भन्छु (हाँसो) ।
नेटबाटै बच्चा जन्माउने पद्धति शुरु भयो भने ?
मजै हरायो नि, केही बाँकी नै रहेन नि ! (हाँसो) मान्छे हुनुको जुन चाहना ईच्छा हुन्छ नि, त्यो सबै हराएर जान्छ ।
जति राम्रो गीत गाउँदा पनि दर्शकले रमाइलाे मानेनन् गरेनन भने ?
हवस् त धन्यबाद भनेर निस्कन्छु । त्यो बाहेक त विकल्पै छैन । र मलाई यस्तो धेरै ठाउँमा परेको पनि छ ।
July 26, 2019 10:41 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।