एनसीसी कुवेतको युवा संयाेजक पदबाट बुद्धिमान तामाङको उम्मेदवारी फिर्ता
कुवेत -गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न अाज सम्मको समय दिएको थियो । यस बिचमा युवा संयाेजक पदका अर्का प्रत्यासी उम्मेदवार नबराज पराजुलीलाइ समर्थन गरी बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिए पछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।
स्मरण रहोस एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ तारिक शुक्रबारका दिन कुवेतको मालिया सिटी स्थित IN & GO Hotel मा हुँदैछ ।
July 26, 2019 1:25 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर